समाज


स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

नेपालखबर
फागुन १०, २०८२ आइतबार १०:३९, सिराहा

सिराहाको औरहीबाट प्रहरीले १४ लाख रुपैयाँ नगदसहित २१ वर्षीय युवकलाई पक्राउ गरेको छ। 

औरही गाउँपालिका-५ औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित सिराहाकै बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स.१० प ४०५ नम्बरको मोटरसाइकलसहित यादव पक्राउ परेका छन्। 

उनको साथबाट १४ लाख नगदसँगै एक थान मोबाइल पनि बरामद भएको छ। 

उनलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad