समाज


जेनजी आन्दोलनमा लुटिएको हतियार जलेको अवस्थामा फेला

जेनजी आन्दोलनमा लुटिएको हतियार जलेको अवस्थामा फेला

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार ७:५३, काठमाडौँ

जेनजी आन्दोलनको क्रममा झापाबाट लुटिएको एउटा हतियार फेला परेको छ। 

दमक नगरपालिका-६ थानारोडस्थित इलाका प्रहरी कार्यालय दमक नजिकै जलेको अवस्थामा वाई १३४८७ नम्बरको मार्क ४ राइफल फेला परेको हो। 

दमक नगरपालिका-६ बस्ने याम्जि श्रेष्ठको खाली जग्गाको झाडीमा काठको भाग पूर्ण रुपमा जलेको अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad