शनिबार हतियारधारी लुटेरा समूह मोटरसाइकलमा आएको र अन्धाधुन्ध गोली प्रहार गरी पसल तथा घर पालुवा जनावर लुटेर लगेको जनाइएको छ।
लुटेराले गाउँलेलाई बन्दुक देखाउँदै गाउँबाट भाग्न भनेका थिए। त्यसपछि उनीहरुले गोली प्रहार गरेका थिए।
गाडाबो र कोइरा तेगुई गाउँका मानिसहरु मारिएका छन्। नाइजरका प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाइएको छ।
अफ्रिकी देशहरुमा कोरोनाको प्रकोपबीच लुटेरा तथा हतियारधारी सक्रिय भएको भन्दै संयुक्त राष्ट्रसंघले सचेत रहन आग्रह गरेको छ। एजेन्सी

प्रतिक्रिया