इरानमाथि अमेरिका र इजरायलेले सैन्य आक्रमण गरेपछि मध्यपूर्वी क्षेत्रको हवाई क्षेत्र बन्द हुँदा त्यसको प्रभाव नेपालमा पनि परेको छ।
मध्यपूर्वका धरै मुलुकमा हवाई उडानमा प्रतिबन्ध लगाइएको छ। जसको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वका सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।
शारजहा, दोहा, दुबई, कुवेत सिटी, आबुधाबी, कतार तथा दमाम विमानस्थलमा हुँदै आएको हवाई उडान रोकिँदा त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
उनले रोकिएका उडानहरू कहिले खुल्छन् यकिन नभएको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि सूचना प्रकाशित गरी उडान प्रभावित भएको जनाएको छ।
विमानस्थल कार्यालयले भनेको छ, ‘मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनःतालिका वा रद्द हुन सक्ने सम्भावना छ।’
अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल आउनुअघि सम्बन्धित विमान कम्पनीमा सम्पर्क गर्न त्रिभुवन विमानस्थल कार्यालयले आग्रह गरेको छ। सूचनामा भनिएको छ, ‘यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि तल उल्लेखित विमान सेवा कम्पनीहरूसँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रुपमा पुष्टि गर्न अनुरोध गरिन्छ।’
हेर्नुहोस् विमानस्थलमा अलपत्र परेका यात्रु






































Shares

प्रतिक्रिया