समाज


२०८३ सालमा १०९ दिन सार्वजनिक बिदा (सूची)

२०८३ सालमा १०९ दिन सार्वजनिक बिदा (सूची)

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १५:४४, काठमाडौँ

सरकारले आगामी २०८३ सालमा हुने बिदासम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ। 

राजपत्रमा प्रकाशित सूचना अनुसार, आउँदो वर्ष शनिबार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी  १०९ दिन सार्वजनिक बिदा परेको छ। कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ। 

फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गरेको थियो। सरकारले गरेको बिदाबारे निर्णय राजपत्रमा प्रकाशित गरिएको हो । 

सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ। जसअन्तर्गत वर्षभरि शनिबार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ।

त्यस्तै, पर्व बिदा सबैले पाउँछन्। महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपांगता भएका कर्मचारी, जयन्ती र दिवसमा कतिपय देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि बिदा निर्धारण गरिएको छ। 

यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न पाउँछन्। प्रदेश र स्थानीय सरकारले पनि आआफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad