संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा रहेको युनाइटेड नेसन्स अर्गनाइजेसन स्ट्याबिलाइजेसन मिसन इन डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (मोनुस्को)मा कार्यरत नेपाली शान्ति सैनिकको अदलबदली भएको छ।
त्यहाँ कार्यरत चण्डीदल गण (शान्ति सेना) ३१औँ डफ्फा र भीमकाली गुल्म क्यूआरएफ (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्नको लागि रुद्रध्वज गण (शान्ति सेना) ३२औँ डफ्फा र रणशुर गुल्म क्यूआरएफ (शान्ति सेना) पाँचौँ डफ्फाका २३८ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली यही फागुन १८ गते मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २३८ जना नेपाली शान्ति सैनिकहरू सोही दिन नै स्वदेश फिर्ता भएका नेपाली सेनाले जनाएको छ।
हाल उक्त मिसनमा नेपाली सेनाका ९६९ जना शान्ति सैनिकहरू कार्यरत छन्।
Shares

प्रतिक्रिया