नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा पत्रकार राजु सुवेदीलाई भौतिक आक्रमणसम्मको धम्की दिइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
भारतीय नागरिकता बोकेको व्यक्तिलाई नेपाली नागरिकता वितरणबारेको समाचारको निहुंमा सुवेदीलाई सामाजिक सञ्जाल र फोनबाट धम्की आएको महासंघ काठमाडौं शाखाले जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘समाचारमा असहमत पक्षले प्रचलित विधिबमोजिम उपचार नखोजी पत्रकारलाई धम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराध हो।’
धम्की दिने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया