समाज


बढ्दै तापक्रम, १३.६ डिग्रीमा उक्लियो काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम

बढ्दै तापक्रम, १३.६ डिग्रीमा उक्लियो काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम

नेपालखबर
फागुन २०, २०८२ बुधबार ६:३५, काठमाडौँ

हिउँद (विन्टर सिजन) सकिएर प्रि-मनसुन सुरु भएसँगै देशभर बिस्तारै तापक्रम बढ्दो छ। 

यसै क्रममा आज (बुधबार, २० फागुन), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम १३.६ डिग्री सेल्सियस देखिएको हो।  

हिजो (मंगलबार) सुरुवाती मापनमा १०.५ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम अन्तिम मापनका बेला बिहान ८:४५ बजे १०.४ डिग्री सेल्सियस कायम भएको थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ। कहिलकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ।

अस्ति काठमाडौँको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस कायम थियो।

यसैबिच आज काठमाडौँ उपत्यकाको आकाशमा बादल लागे पनि पानी पर्ने सम्भावना भने नदेखिएको मौसमविद् लामिछानेको भनाइ छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।

मंगलबार यस्तो थियो तापक्रम सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad