इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ।
तर यसको मिति र समय निश्चित भइसकेको छैन। इरानको सरकारी समाचार एजेन्सी फार्सले जनाएको छ।
खामेनीको जन्म पनि सन् १९३९ मा मसहदमै भएको थियो।
इरानको अर्को सर्वोच्च नेता घोषणा खामेनीको अन्त्येष्टिपछि मात्र गरिनेछ।
मंगलबार कोममा विज्ञहरूको सभाले सर्वोच्च नेता चयन गर्न मतदान गरेको खबर बाहिरियो।
विज्ञहरूको सभामा ८८ सदस्य हुन्छन्, जसले देशको सर्वोच्च नेता चुन्नेछन्।
इरानका सर्वोच्च नेता खामेनी गत फेब्रुअरी २८ मा अमेरिकी-इजरायली आक्रमणमा मारिएका हुन्। त्यसबेलादेखि यो पद खाली छ।
इरानको विपक्षीसँग सम्बद्ध इरान इन्टरनेसनलको दाबीअनुसार आईआरजीसीको दबाबमा विज्ञहरूको सभाले खामेनीका छोरा मोज्तबालाई अर्को सर्वोच्च नेताको रूपमा छनोट गरेको छ।
यसैबिच इजरायली सेना (आईडीएफ) ले इजरायली हवाई आक्रमणले शनिबारदेखि ३०० भन्दा बढी इरानी ब्यालिस्टिक मिसाइल लन्चर नष्ट गरेको दाबी गरेको छ।
युद्धमा इरानको क्षति...
-चार दिनमा ७८७ जनाको मृत्यु।
-१५३ सहरमा आक्रमण
-५०४ स्थानमा कुल १,०३९ हमला
यो जानकारी इरानी रेड क्रिसेन्ट सोसाइटीले दिएको हो।
Shares

प्रतिक्रिया