उदयपुरको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला परेको शङ्कास्पद वस्तु नष्ट गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार साँझ लाटिखोला नजिकै सडकमा विस्फोटक पदार्थजस्तो वस्तु देखिएपछि सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको हो।
नेपाली सेना बोक्से पशुपति गण, जिल्ला प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थल पुगेर नियन्त्रणमा लिएको वस्तु विस्फोटक पदार्थ नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले जानकारी दिए। रासस
78
Shares

प्रतिक्रिया