समाज


नेपालमा कोरोना संक्रमण : पहिलो सय पुग्न १०६ दिन, दोस्रो सय ५ दिनमै

नेपालमा कोरोना संक्रमण : पहिलो सय पुग्न १०६ दिन, दोस्रो सय ५ दिनमै

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १२:५१,

नेपालमा कोरोना भाइरस फैलिने दर तीव्र गतिमा बढेको छ।

गत माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिना २ दिनपछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो।

त्यसयता १ सय ६ दिनपछि वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १०१ पुगेको थियो।

पहिलो सय जना संक्रमित भेटिन १ सय ६ दिन लागेको नेपालमा दोस्रो सय जना  भेटिन ५ दिनमात्रै लागेको छ।

सय संक्रमित पुगेको ५ दिनपछि मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ।

मंगलबार (आज) मात्रै नेपालमा थप ८३ जनामा कोरोना पुष्टि भएको छ। यसअघि सोमबार थप २४ मा कोरोना संक्रमण देखिएको थियो।

पछिल्लो समय देशभर परीक्षण दायरा बढाएसँगै नेपालमा संक्रमितको संख्या पनि थपिएको हो।

जनस्वास्थ्यविद् डा. सिद्धि अर्यालले अरु देशमा संक्रमितको संख्या  १ सय पूरा भएपछि थप १५ सय पुग्न धेरै समय नलागेको बताउँदै नेपालमा टेस्ट किटको अभाव र परीक्षण दायरा कम हुनुले कम देखिएको र परीक्षणको दायर बढाउँदासाथ संक्रमितको संख्या पनि बढ्ने बताए।

‘अरु देशको उदाहरण हेर्दा १०० पुगिसकेपछि त्यसबाट १५ सय पुग्न ४–५ दिनदेखि एकहप्ताको समय लागेको छ,’ अर्यालले नेपालखबरसँग भने, ‘नेपालमा टेस्ट किटको अभाव र जाँचको परिमाण पनि घट्दै गएकाले झन् डरलाग्दो अवस्था आउनसक्ने देखिएको छ।’ 

याे पनि : कोरोना संक्रमण : नेपालमा अब छिटो फैलिन सक्ने विज्ञहरुको चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad