समाज


पत्रकारको पीसीआर परीक्षण गर्न महासंघको माग

पत्रकारको पीसीआर परीक्षण गर्न महासंघको माग

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १२:५२,

नेपालमा धमाधम कोरोना संक्रिमतको संख्या बढिरहेको र पत्रकारलाई समेत संक्रमण भएको खबर आएपछि नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई सजगता अपनाउ आग्रह गरेको छ।

मंगलबार विज्ञप्ति निकालेर महासंघले कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र पनि यतिखेर कोरोना भाइसरबाट प्रभावित हुन पुगेको खबरले अत्यन्त दुःखी र चिन्तित बनाएको महासंघले जनाएको छ।

आज सरकारले घोषणा गरेका ५७ जना कोरोना भाइरस संक्रमितमध्ये कम्तिमा दुई जना पत्रकार संक्रमित हुन पुगेका छन् भने अन्य पत्रकारको स्वास्थ्य परीक्षण भैरहेको छ।

‘यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ। महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ’ महासंघले भनेको छ।

साथै, कोरोना सक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad