समाज


एपीएफ टोलीद्वारा लागुऔषधसहित युवक पक्राउ

एपीएफ टोलीद्वारा लागुऔषधसहित युवक पक्राउ

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १३:७,

सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका ८ प्रकाशपुरस्थित रामधुनी जाने जंगलको बाटोबाट विभिन्न किसिमको लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही जिल्लाको कोशी गाउँपालिका १ लौकही बस्ने १९ वर्षीय रोशन झा छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।

स १० प ४६९२ नम्बरको मोटरसाइकलमा सवार निज झालाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेस डिसी ६५ बोतल, स्मास्मो प्रोक्सिभन १ हजार ४ सय ४० वटा, लिजिक इन्जेक्सन १ सय ५० एम्पुल, डाईजिल्याब इन्जेक्सन १ सय ५० एम्पुल, प्रोमेथाजिन हाईड्रोक्लोराईड इन्जेक्सन १ सय ५० एम्पुल र फेन्सीडिल न्यू दुई बोतल फेला परेपछि पक्राउ गरिएको हो।

एपीएफ टोलीले झाको साथबाट मोबाइल सेट एउटा, घडी एउटा, ११ हजार ८ सय १० नेपाली रुपैयाँ, १ हजार २ सय ३० भारतीय रुपैयाँ तथा उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ।

पक्राउ परेका निज झालाई बरामद लागुऔषध र सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad