रुसको सरकारी समाचार संस्था रिया नोभोस्तीले पुटिनका प्रवक्ता दिमित्री पेस्कोभमा कोरोना पुष्टि भएको जानकारी दिएको छ।
यसअघि रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनसहित तीन मन्त्रीमा कोरोना भाइरसको संक्रमण भइसकेको छ।
हालैका दिनमा राष्ट्रपति पुटिनले घरैबाट काम गर्दै आइरहेका छन्। पुटिनले गत महिना एक अस्पतालको निरीक्षण गरेका थिए।
त्यस अस्पतालमा जुन डाक्टरसँग उनले हात मिलाएका थिए। उनमै कोरोना देखिएपछि पुटिनको कोरोना परीक्षण भएको थियो। तर उनका भने कोरोना देखिएको थिएन। एजेन्सी

प्रतिक्रिया