समाज


भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो सुरु, बहुराष्ट्रिय कम्पनी सहभागी

भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो सुरु, बहुराष्ट्रिय कम्पनी सहभागी

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १३:४३, काठमाडौँ

विश्व बजारमा औषधि उत्पादनमा विकास भएका प्रविधि, अनुसन्धान र अभ्यासलाई जोड्न आजदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्सपो २०२६’ सुरु भएको छ। 

नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सुरु भएको एक्स्पो तीन दिनसम्म चल्ने छ। एक्स्पोमा २ सयभन्दा बढी स्टल रहने जनाइएको छ। जसमा ९० प्रतिशतभन्दा बढी विदेशी तथा बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको छ। 

यसले विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीलाई नेपाली बजारसँग जोड्ने आयोजकले जनाएका छन्। एक्स्पोमा १० प्रतिशत स्टलमा स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादन प्रदर्शनमा राखिएको छ। 

नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमै विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास आम सर्वसाधारण र सरोकारवालामा दिलाउनु एक्स्पोको मुख्य लक्ष्य रहेको छ। एक्स्पोमा औषधि उत्पादनमा प्रयोग हुने ‘रिसर्च एन्ड डेभलप्मेन्ट’ र आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सकिने जनाइएको छ। 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपाललाई औषधिमा सक्षम बनाउनु पर्ने बताइन्। स्वास्थ्यमन्त्री गौतमले स्वास्थ्य बिमामा प्रयोग हुने औषधि नेपालमै उत्पादित औषधि प्रयोग गराउनेमा जोड दिने बताइन्। 

मन्त्री गौतमले औषधिमा सक्षम बनाउँदै गर्दा गुणस्तर औषधि उत्पादन भएको छ कि छैन परीक्षण पनि आवश्यक रहेको बताइन्। ‘औषधि उत्पादनसँगै गुणस्तर सुनिश्चिता पनि उतिकै आवश्यक छ। तर हामीसँग गुणस्तर परीक्षण गर्ने ल्याब र जनशक्तिको अभाव। वार्षिक २ हजार ४ सय औषधि परीक्षण गर्ने क्षमता भएपछि ६४० औषधिमात्र परीक्षण हुँदै आएको छ,’ उनले भनिन्। 

आवश्यक मात्रामा औषधिको परीक्षण नहुँदा औषधि गुणस्तरका छन् त भन्ने प्रश्न उब्जिने उनी बताउँछिन्। त्यसका लागि स्वास्थ्यले औषधि व्यवस्थापन विभागको ओएनएम सर्भे गरेर जनशक्ति थप गर्ने र ल्याबको गुणस्तर वृद्धि गराउने प्रक्रिया अघि बढेको बताइन्। 

स्वास्थ्य सचिव डा. विकास देवकोटाले औषधि व्यवस्थापन विभागमा जनशक्ति अभाव नै प्रमुख समस्या रहेको बताए। सचिव देवकोटाले नेपाललाई औषधिमा सक्षम बनाउन मन्त्रालय सधै तयार गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad