पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ।
अब उनको शव श्रद्धाञ्जलीका लागि गुन्डुस्थित ओली निवासमा लगिने ओलीको सचिवालयले जनाएको छ।
पितालाई श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका छन्।
अस्पतालका कार्यकारी निर्देशक डा. डीके रौशनकाअनुसार मोहनप्रसादलाई आज बिहान करिब ४ः०० बजे उपचारका लागि अस्पताल ल्याइएको थियो। विगत छ महिनादेखि मोहनप्रसादको यही अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार हुँदै आएको थियो।
मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार केही समययता मोहनप्रसाद ओली अस्वस्थ थिए।
गुण्डुमा श्रद्धाञ्जलीपछि आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।
हेर्नुहोस् थप तस्बिर










Shares

प्रतिक्रिया