समाज


आज यी स्थानमा वर्षाको सम्भावना, चट्याङको खतरा

आज यी स्थानमा वर्षाको सम्भावना, चट्याङको खतरा

नेपालखबर
फागुन ३०, २०८२ शनिबार ८:५९, काठमाडौँ

मौसम महाशाखाका अनुसार आज (शनिबार) पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपण यस्तो छ:

दिउँसोः कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

रातिः देशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थान तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad