समाज


छोराछोरीसहित भेरीमा बेपत्ता महिलाको शव भेटियो

छोराछोरीसहित भेरीमा बेपत्ता महिलाको शव भेटियो

नेपालखबर
चैत २, २०८२ सोमबार २१:१५, काँक्रेविहार (सुर्खेत)

आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायतको शव फेला परेको छ।

एघार वर्षकी छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित सम्पर्कविहीन भएकी मायाको शव आज बेलुकी फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजङ्ग बुढथापाले जानकारी दिए।  

प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको हो। हराएको स्थानदेखि सात किलोमिटर दक्षिणतर्फ लेकबेँसी नगरपालिका–३ पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको प्रवक्ता बुढथापाले जानकारी दिए।

उनका दुई छोराछोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरू आइतबारदेखि बेपत्ता थिए। मायाका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेपछि खोजी सुरु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad