समाज


गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
चैत ३, २०८२ मंगलबार १०:४०, काठमाडौँ

दाङमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

घोराही उपमहानगरपालिका-११ खैरामा रा.१ ख १०६३ नम्बरको माइक्रो बसले रा.२ प ८८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-११ बस्ने ६२ वर्षीय कृष्ण केसी छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले माइक्रो बसका चालकलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad