आज (बिहीबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री सेल्सियस छ।
तर आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।
बुधबार सुरुवाती मापनमा ९.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला ९.३ डिग्री सेल्सियस कायम भएको थियो। यसअघि मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।
यसैबिच आज साँँझखप काठमाडौँ उपत्यकामा छिटपुट वर्षाको सम्भावना रहेको तर सम्भावना कम देखिएको मौसम महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया