अहिले (शुक्रबार बेलुका) देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
यतिबेला काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित पानी परिरहेको छ।
यसैबिच पछिल्लो एक घण्टामा बागमती प्रदेशभरिमै सबैभन्दा बढी वर्षा काठमाडौँमा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार साँझ ५:४५ बजे लेखेको छ, 'पछिल्लो एक घण्टामा बागमती प्रदेशमा सबैभन्दा बढी पानी काठमाडौँको बबरमहलमा २०.४ मिलिमिटर परेको छ।'
144
Shares

प्रतिक्रिया