हाल देशभर मौसम बदली भएको अर्थात् अधिकांश आकाशमा बादल लागेको तथा विभिन्न स्थानमा हुरीसहित असिना पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज (शनिबार) दिउँसो १२ बजे जनाएअनुसार अहिले लुम्बिनी र गण्डकी प्रदेशका धेरे स्थान तथा कर्णाली र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीबताससहित वर्षा भइरहेको छ।
सचेत गराउँदै मौसम महाशाखाले अगाडि भनेको छ, ‘यो (पानी पार्ने) प्रणाली पूर्वतिर सर्दै गइरहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहोला।’

702
Shares

प्रतिक्रिया