पोखरामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-८ सभागृह चोकमा ग.२ च २१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही महानगरपालिका-२० भलाम बस्ने ६५ वर्षीय धर्मबहादुर बिक रहेका छन्।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।
102
Shares

प्रतिक्रिया