समाज


दार्चुला र बझाङमा लगातार भूकम्प, दार्चुलामा १ सातामै ३ धक्का

दार्चुला र बझाङमा लगातार भूकम्प, दार्चुलामा १ सातामै ३ धक्का

नेपालखबर
चैत १२, २०८२ बिहिबार १०:३७, काठमाडौँ

आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासकाे क्षेत्र केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले नेपालखबरलाई जानकारी दिए। 

यसअघि यही चैत ९ गते सोमबार पनि बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा रायाल आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। 

सोमबारै बिहान पनि दार्चुलामा भूकम्प गएको थियो। सोमबार बिहान ३ बजेर ५१ मिनेट जाँदा दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि यही चैत ३ गते पनि दार्चुलाको सिटौला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

गएको पुस ५ गते राति पनि दार्चुलाको शैल्यशिखर केन्द्रबिन्दु भएर ३ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

त्यसअघि गएको मंसिर २४ गते राति  दार्चुलाको उत्तरी केन्द्रबिन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो मंसिर २१ गते पनि दार्चुलाको घुसा आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

गएो कात्तिक २४ गते पनि दार्चुलाकै शैल्यशिखर केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको थियो भने कात्तिक २१ गते पनि दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो। 

त्यसैगरि गएको मंसिर १४ गते पनि बझाङको सैपाल आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको गएको थियो।

त्यसअघि गएको कात्तिक ६ गते पनि बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने असोज २९ गते राति पनि बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको थियो। 

भूकम्पविद्हरूका अनुसार नेपाल आफैँमा भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित मुलुक हो।  

त्यसमा पनि पश्चिम नेपालमा भूकम्पको जोखिम मध्य र पूर्वी नेपालको तुलनामा अझ धेरै छ। 

पश्चिम नेपालमा विगत पाँचसय वर्षयता ठूलो भूकम्प नगएको कारण त्यसक्षेत्रको भूगर्भभित्र ठूलो भूकम्प जाने शक्ति सञ्चित भएर बसेको तर्क उनीहरूले गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad