समाज


१४ र १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १९ र २५ वर्षका युवक पक्राउ

१४ र १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १९ र २५ वर्षका युवक पक्राउ

नेपालखबर
चैत १२, २०८२ बिहिबार १३:३८, काठमाडौँ

दुई किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुर र झापाबाट दुई युवक पक्राउ परेका छन्। 

१४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक युवकलाई पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने १९ वर्षीय साहिल बासुक रहेका प्रहरीले जनाएको छ। 

उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो। 

साहिलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई दुधापाटीबाटै पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट पनि एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ बस्ने २५ वर्षीय सुरज राई छन्। 

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

सुरजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad