समाज


विश्वभरका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु: गगन थापा

विश्वभरका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु: गगन थापा

नेपालखबर
चैत १२, २०८२ बिहिबार १९:५४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताएका छन्। 

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष बरिष्ठ अधिबक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रस्ट्री ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भेट गर्दै सभापति थापाले कांग्रेसले आफ्‌नो चुनावी घोषणापत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको जानकारी दिए। 

एएनओका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्‌नै मूलका मानिसबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नु पर्ने भन्दै कांग्रेसको ध्यानाकर्षण गराए। नेपाली संस्कृतिका माध्यमबाट विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ क्रियाशील रहेको उनले बताए। 

एएनओका उपाध्यक्ष बरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले नेपाली पनका माध्यमबाट विश्वभरको नेपाली मन जोड्न नेपाल सरकार र दलहरूले उचित कार्यक्रम ल्याउनुपर्ने बताए। 

एएनओले सभापति थापालाई दिएको ध्यानाकर्षण पत्रमा लाखौं लाखको संख्यामा रहेकाहरूको उद्धार र उचित रोजगारीको व्यवस्थाका लागि सशक्त आवाज उठाइदिन आग्रह गरिएको छ। युक्रेन र रुसबीच चलिरहेको युद्धमा दुबै पक्षका सेनामा भर्ती भएका नेपालीको तत्काल पहिचान गरी उनीहरूलाई स्वदेश फर्काउन गम्भीर कूटनीतिक प्रयास आवश्यक रहेको जनाइएको छ। 

एएनओ नेपाली मूलका मानिसको साझा अभियानका रुपमा सुरु भएको छ। यही अभियानलाई अघि बढाउन गत मार्च २०२४ मा अमेरिका निवासी समाजसेवी डिल्लीराम अधिकारीको अध्यक्षतामा २७ देशका नेपालीले केन्द्रीय कमिटी गठन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad