हुम्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
शुक्रबार भिरबाट लड्दा गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका–२ गर्खाका अक नेपालीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो चङ्खेली–४ पाली गएर घर फर्कने क्रममा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए। थप उपचारका लागि शनिबार नेपालगञ्ज पठाउने तयारी भइरहँदा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हवाई सेवामार्फत नेपालगञ्ज पठाउने तयारी भइरहँदा उनको मृत्यु भएको हो।
165
Shares

प्रतिक्रिया