सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएराति भूकम्प भएको छ।
सिन्धुपाल्चोकको नुल्थालाखर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति ११ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो।
यो भूकम्प ४.५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचाैरका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिए छ।
भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लामा समेत महसुश गरिएको थियो। भूकम्पको कारण मानवीय तथा भौतिक क्षति भएको विवरण भने प्राप्त भएको छैन।
भूकम्पको धक्का काठमाडाैँ उपत्यकामा पनि महसुश गरिए पनि राति भएकाले धेरैले थाहा नपाएको हुनसक्ने अधिकारीले बताए।
1.2k
Shares

प्रतिक्रिया