समाज


जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

नेपालखबर
चैत १५, २०८२ आइतबार १०:१२, काठमाडौँ

गुल्मीमा जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु अुनेमा चन्द्रकोट गाउँपालिका –४ निवासी ५५ वर्षीय तुलसी थापा रहेकी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए। 

चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु. १ ज १८३४ नम्बरको सफारी जिपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो। 

जिपको ठक्करबाटगम्भीर घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।

थापाको उपचारका क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले जिपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad