रौतहटको गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंह घुस मागेको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो।
सिंहले अदालतको फैसलाबमोजिम दा.खा. पुर्जी गरी जग्गा फुकुवा गराई दिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारको आरोप छ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिई गएको टोलीले सिंहलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला अदालतको परिसरबाट नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।
1.5k
Shares

प्रतिक्रिया