समाज


नेपालमा एकसाथ यी तीन मौसम प्रणालीको प्रभाव

नेपालमा एकसाथ यी तीन मौसम प्रणालीको प्रभाव

बुधबार बिहान मौसम नखुलेका बेला काठमाडौँकाे मनमैजुबाट देखिएको बस्ती। तस्बिर : हरिराम भेटुवाल/रासस


नेपालखबर
चैत १८, २०८२ बुधबार ९:०, काठमाडौँ

हाल नेपालमा भारतको उत्तर प्रदेशमा अवस्थित न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव छ। 

महाशाखाका अनुसार यतिबेला (बुधबार बिहान) बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ। बाँकी प्रदेशका हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा छ।

आज दिउँसो र रातिका लागि मौसम प्रक्षेपण यस्तो छ:

दिउँसो : हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराईमा आंशिक बादल देखिनेछ। कोसी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

राति : गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad