झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
आज दिउँसो भारत धुपगढी स्थायी घर भई हाल बिर्तामोड बस्दै आएका २३ वर्षीय युवकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
चेतन सिटौलाले संचालन गरेको पुजा ग्रिलमा काम गर्दे आएका २३ वर्षीय गोविन्द मण्डलको अर्जुनधारा नगरपालिका-४ भाङबारीस्थित विन्दा बासिनी मन्दिरको कम्पाउण्डमा ग्रिलको काम गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल विर्तामोडमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको शव परीक्षणको लागि हाल सोही अस्पतालमा राखिएको छ।
147
Shares

प्रतिक्रिया