समाज


दुई मोटरसाइकल आपसमा ठोकिँदा १ जनाको मृत्यु, १७ र १९ वर्षका किशोर गम्भीर घाइते

दुई मोटरसाइकल आपसमा ठोकिँदा १ जनाको मृत्यु, १७ र १९ वर्षका किशोर गम्भीर घाइते

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८२ शनिबार ५:४२, काठमाडौँ

सुनसरीको इटहरीमा दुई मोटरसाइकल आपसा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

इटहरी उपमहानगरपालिका–२० तरहरामा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ। 

दुर्घटनामा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।  

प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा भुजेल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।  

राईको धरानस्थित बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 

मृतक र घाइते कुन-कुन मोटरसाइकलमा सवार थिए, प्रहरीले खुलाएको छैन। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad