दक्षिणी इरानमा अमेरिकाको एफ-१५ लडाकु विमान खसालिएको छ।
दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्युजले खसालिएको एफ-१५ लडाकु विमानको चालक दलका एक सदस्यलाई उद्धार गरिएको छ।
अधिकारीहरूका अनुसार, चालक दलका सदस्यलाई अमेरिकी सेनाले उद्धार गरेको हो।
सुरुमा यो समाचार इरानी समाचार एजेन्सी तस्निमले दिएको थियो। जसमा अमेरिकाले आफ्नो चालक दलको खोजी गरिरहेको उल्लेख थियो।
त्यसपछि एक्सियोस, रोयटर्स र द न्यु योर्क टाइम्सले पनि एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै त्यही कुरा उल्लेख गरेका थिए।
अधिकारीले नाम नखुलाउने सर्तमा घटनाको जानकारी दिए पनि थप विवरण खुलाउन मानेनन्।
यसअघि बिहीबार अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले केस्म टापुमा पाइलटलाई गोली हानी खसालिएको इरानको दाबीलाई खारेज गरेको थियो।
सेन्टकमको त्यो भनाइ पछिल्लो रिपोर्टसँग सम्बन्धित थियो कि थिएन भन्ने कुरा स्पष्ट छैन। विमानमा सवार व्यक्तिहरूको संख्या अज्ञात छ।
Shares

प्रतिक्रिया