पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।
आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।
पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा चैत १५ गते पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न यसअघि गएको आइतबार पनि अदालतले ७ दिनको म्याद दिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कासँग बयान लिने कार्य सुरु भए पनि उनीविरुद्धका प्रमाण बुझ्न र बयान गराउने लगायतका अनुसम्धान सम्बन्धी कार्य बाँकी रहेकाले हिरासतमा राख्न अनुमति लिएको हो।
99
Shares

प्रतिक्रिया