काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एकजना फ्रान्सेली नागिरक बेवारिसे अवस्थामा रहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाल प्रहरीले उनलाई अध्यागमन विभागमा बुझाएको छ।
प्रहरीका अनुसार ती फ्रान्सेली नागरिक ६ वर्षदेखि आफ्नी नेपाली श्रीमतीसहित नेपालमा रहेको पत्ता लागेको छ।
आर्थिक कारणले गर्दा उनीहरूले आफ्ना पासपोर्ट, मोबाइल, ल्यापटपलगायत सामान आफू बसेको होटलमा छाडी हिँडेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सूचना जारी गरी भनेको छ, ‘निजलाई सुरक्षित साथ अध्यागमन विभागमा बुझाइएको छ।’
साथै सोधपुछ गर्दा उनी कुनै पनि चोरी वा लुटपाटमा संलग्न नभएको पाइएकाले भिडिओको वास्तविकता नबुझी सामाजिक सञ्जालमा सेयर नगर्न तथा केही लाइक्स वा भ्युजका लागि भ्रम र आफवाह फैलाउने काम नगर्न प्रहरीले सम्बन्धित सबैलाई आग्रह गरेको छ।
तर प्रहरीले उनको नाम उल्लेख गरेको छैन।

Shares

प्रतिक्रिया