समाज


विभिन्न ठाउँमा ५ जनाको शव भेटियो

विभिन्न ठाउँमा ५ जनाको शव भेटियो

नेपालखबर
चैत २५, २०८२ बुधबार ११:३२, काठमाडौँ

विभिन्न जिल्लामा पाँचजना मृत अवस्थामा फेला परेका छन्। 

काठमाडौँ, चितवन, बाँके, बागलुङ लगायतका जिल्लामा पाँच जनाको शव फेला परेको हो। 

काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित पचलीघाटको पाटीमा एक पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ। 

मृत भेटिएका पुरुष ओखलढुङ्गा घर भएका ४० वर्षीय दिनेश धमला हुन्।  मंगलबार उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

त्यसैगरि चितवनमा दुई जनाको शव फेला परेको छ। 

भरतपुर महानगरपालिका-२६ सिसाइस्थित नारायणी नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी चितवनको खैरहनी नगरपालिका-२ स्थित लदरी खोलाको पुलमुनी पनि एक शव भेटिएको छ। 

उक्त शव खैरहनी नगरपालिका-३ बस्ने ५० वर्षीय सनि चरा दराईको रहेको प्रहरीले जनाएको छ। 

उनी मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरि बाँकेको राप्ती सोनारी गाउँपालिका-१ चुना दुधेरी बस्ने ६९ वर्षीय राम कृष्ण भण्डारी पनि मृत भेटिका छन्। 

उनी घरकै शौचालयमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरि बागलुङको निसीखोला गाउँपालिका-४ जैथुम्कास्थित दोस्रो लघु जलविद्युत आयोजनाको ओभरफ्लो पानी जाने कुलोमा एक महिला मृत भेटिएकी छन्। 

हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। 

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad