समाज


अब अस्पताल पनि शनिबार र आइतबार बन्द

अब अस्पताल पनि शनिबार र आइतबार बन्द

नेपालखबर
चैत २५, २०८२ बुधबार १८:४२, काठमाडौँ

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब अस्पताल समेत हप्तामा दुई दिन बिदा हुने भएको छ।

त्रिवि शिक्षण अस्पताल प्रशासनले बुधबार विज्ञप्ति प्रकाशित गरी अस्पतालमा कार्यालय समय ९ देखि ५ बजेसम्म गरिएको तथा शनिबार र आइतबार बिदा गरिने जनाएको छ।

‘हालै नेपाल सरकारबाट प्रकाशित सूचना तथा त्रिवि कार्यकारी परिषदको चैत २३ गतेको निर्णय अनुसार यस अस्पतालमा हाललाई कार्यालय समय ९ देखी ५ बजे सम्म गरिएको तथा शनिबार र आइतबार बिदा गरिने निर्णय गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट अस्पतालमा उपचार गराउन आउनुहुने बिरामीहरूमा पर्न जाने असुविधाहरू लाई मध्यनजर गर्दै ओपीडी र शल्यक्रियाहरू शुक्रबार पूरा दिन र अन्य दिनमा व्यवस्थापन गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad