समाज


आज ३ प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना

आज ३ प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना

फाइल फोटो


नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १०:२, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले आज देशका तीनवटा प्रदेशका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको जनाएको छ। 

कोसी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा बिहीबार मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। 

कोसी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित आज हल्का वर्षा र हिमपातको  सम्भावना छ।  

त्यसैगरि आज दिउँसो कोसी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा बादल लाग्ने महाशाखाले जनाएको जनाएको छ।  

आज देशका बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने भए पनि तराई क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ। 

आज राति कोसी र गण्डकी प्रदेशको हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad