समाज


सेनाको कमान्ड तथा स्टाफ तालिममा १० विदेशीसहित ९२ शिक्षार्थी सहभागी

सेनाको कमान्ड तथा स्टाफ तालिममा १० विदेशीसहित ९२ शिक्षार्थी सहभागी

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १५:३६, काठमाडौँ

शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सि.सं.३३ कमान्ड तथा स्टाफ तालिम सुरु भएको छ।

आज (वैशाख ४गते) सुरु भएको तालिमको बलाधिकृत रथी प्रदीपजंग केसीले शुभारम्भ गरे। सो क्रममा उनले शिक्षार्थी अधिकृतहरूबीच अनुभवको आदान प्रदान गर्दै तालिम पश्चात् अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा परिवेशको विश्लेषण सहित व्यवहारिक योजना तयार गरी कार्यान्वयन गर्न सक्षम हुने बताए।

मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका महिला ४ जना सहित ७९ अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ गरी ३ जना अधिकृतहरू, मित्रराष्ट्र चीनको २ तथा अमेरिका, बेलायत, बङ्गलादेश, भारत, केन्या, मालदिभ्स, नाइजेरिया र पाकिस्तानका १/१ जना गरी १० विदेशी सहित जम्मा ९२ जना शिक्षार्थीहरू सहभागी छन्।

विसं २०४९ पौष १४ गते स्थापना भएको सो कलेजबाट हालसम्म नेपाली सेनाका १३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल, नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १३२ गरी जम्मा १५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन्। 

कार्यक्रममा रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, कलेजका पूर्व शिक्षाध्यक्षहरू, प्राध्यापकहरू, विभिन्न राष्ट्रका सैनिक सहचारीहरू लगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad