समाज


निजी विद्यालय सञ्चालकले भने- हामीप्रति भ्रम सिर्जना गरियो

निजी विद्यालय सञ्चालकले भने- हामीप्रति भ्रम सिर्जना गरियो

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८३ शनिबार ११:११, काठमाडौँ

निजी विद्यालयसँग सम्बन्धित विभिन्न संघसंस्थाले निजी विद्यालयहरुले लिने गरेको शुल्क सम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले अतिरञ्जित तथा निराधार सामग्रीहरु सार्वजनिक भएको भन्दै विरोध गरेका छन्। 

निजी विद्यालयसँग सम्बन्धित विभिन्न संघसंस्थाले निजी विद्यालयहरुले लिने गरेको शुल्क सम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा अतिरञ्जित तथा निराधार सामग्रीहरु सार्वजनिक भएको भन्दै विरोध गरेका छन्। 

एपेनका अध्यक्ष बद्रीप्रसाद दाहाल, एन प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, हिसानका अध्यक्ष युवराज शर्मा र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै निजी विद्यालयहरुलाई नकारात्मक ढंगले प्रस्तुत गर्ने प्रवृत्तिले अभिभावक तथा विद्यार्थीहरुमा भ्रम सिर्जना गरेको जनाएका छन्। 

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजी विद्यालयले एक महिनाको पढाई शुल्क बराबर भर्ना शुल्क, १२ महिनाको मासिक पढाई शुल्क, मासिक महिनाको पढाई शुल्क बराबर दुई महिनाको वार्षिक शुल्कसँगै प्रचलित कानुनले तोकेका अन्य शुल्कहरुका साथै अतिरिक्त  सेवाबापतको शुल्क अभिभावकले व्यहोर्नुपर्ने व्यवस्था रहेको कुरा स्पष्ट गर्न चाहन्छौँ।’

निजी विद्यालयमा कुनै दान दातब्य, सरकारी लगानी वा अनुदान प्राप्त नहुने र शिक्षक, कर्मचारी, भौतिक पूर्वाधार आदिको दायित्वहरु निरन्तर सिर्जना हुने र दायित्व भुक्तानका लागि उपभोक्तासँग शुल्क लिनुपर्ने व्यवहारिक परिस्थिति रहेको पनि उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad