समाज


उदयपुरमा घरमा आगो लाग्दा २ जनाको मृत्यु, १ घाइते

उदयपुरमा घरमा आगो लाग्दा २ जनाको मृत्यु, १ घाइते

फाइल फोटो


नेपालखबर
बैशाख ८, २०८३ मंगलबार ९:१०, काठमाडौँ

उदयपुरमा घरमा आगो लाग्दा दुई जनाको मृत्यु भएको छ।

चौदण्डिगढी नगरपालिका-७ बेल्टारमा गएराति भएको आगलागीमा परी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए।

बेल्टारस्थित शान्तिचोकका लक्ष्मि नारायणको घरबाट विद्युत्‌को तार सर्ट भएर सुरु भएको आगलागीमा परेर उनीहरूको मृत्यु भएको हो।आगलागीबाट लक्ष्मिसहित रबिन कुमार दास र सकलदेवको घर जलेर नष्ट भएको छ।

राति सुतिरहेको अवस्थामा आगलागी हुँदा जलेर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीमा परी अस्मिता खड्का घाइते भएकी छन्। उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ।

त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले मंगलबार बिहान आगो नियन्त्रणमा लिएका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad