समाज


थोरै घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम, आज कस्तो होला मौसम

थोरै घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम, आज कस्तो होला मौसम

नेपालखबर
बैशाख ९, २०८३ बुधबार ६:१९, काठमाडौँ

काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस देखिएको छ।

यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ। 

हिजो (मंगलबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम ३०.१ डिग्री सेल्सियस थियो।  

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म हुन सक्ने अनुमान गरिएको मौसमविद् महर्जनले बताइन्। 

यसैबिच आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना एकदमकै कम देखिएको जानकारी पनि उनले दिइन्। 

‘अहिले काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ’, उनले नेपालखबरसँग भनिन्।  

देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad