म्याग्दीमा आइतबार एम्बुलेन्स काली गण्डकी नदीमा खस्दा चालक बेपत्ता भएका छन्।
मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो।
प्रहरीका अनुसार एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएका छन्। एम्बुलेन्समा चालक मात्रै रहेका थिए। एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिएको छ।
प्रतिक्रिया