काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस देखिएको छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम ३० डिग्री सेल्सियस थियो।
यसैबिच आजलाई काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना एकदमै कम रहेको मौसमविद् महर्जनले बताइन्।
‘आज काठमाडौँ उपत्यकाको आकाशमा अलिअलि बादल लाग्छ’, उनले नेपालखबरसँग भनिन्, ‘तर वर्षा हुने सम्भावना एकदमै कम छ।’
देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ।
Shares

प्रतिक्रिया