समाज


प्रधानमन्त्रीलाई ‘जेनजी रेड फोर्स’ले सम्झायो चुनावी प्रतिवद्धता

‘बिना विकल्प, बिना क्षतिपूर्ति वर्षातको मुखमा गरिबका बस्तीमा डोजर नचलाउनू’
प्रधानमन्त्रीलाई ‘जेनजी रेड फोर्स’ले सम्झायो चुनावी प्रतिवद्धता

फाइल फोटो


नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १०:५४, काठमाडौँ

सरकारले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती बलप्रयोग गरेर हटाउने तयारी गरेकोप्रति ‘जेनजेड रेड फोर्स नेपाल’ले आपत्ति जनाएको छ। 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर यही शनिबार र आइतबार थापाथलीको सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए। 

जेनजेड फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले विज्ञप्ति जारी गर्दै निर्वाचनका बेला सुकुम्बासी बस्तीमा पुगेर गरेका प्रतिवद्धता सम्झिन प्रधानमन्त्री बालेन र सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेलाई आग्रह गरेकी छन्। 

वर्तमान सरकारका प्रधानमन्त्री बालेन शाहले शनिबार र आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न दिएको आदेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिना कुनै विकल्प, बिना क्षतिपूर्ति र ठोस व्यवस्थापन नै नगरी वर्षातको मुखमा गरिब सर्वहारा वर्गमाथि डोजर चलाउने निर्णय आत्मघाती र अन्यायपूर्ण छ।’

विज्ञप्तिमा विगतको निर्वाचनका बेला वर्तमान प्रधानमन्त्री बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने लगायत सत्तासिन दलका केन्द्रीय नेताहरुले सुकुम्बासी बस्तीमा गएका ‘हामी सुकुम्बासी हटाउँदैनौँ, बरु डोजर चलेमा आफैँ छात्ति थाप्न आउँछौँ’ भनेर दिएको अभिव्यक्तिको रुमरण गराइएको छ। 

‘निर्वाचनका बेला सुकुम्बासी बस्तीलाई केवल भोट बैंकको रुपमा प्रयोग गर्ने र सत्तामा पुगेपछि तिनै गरिब जनतालाई सडकमा पुर्याउने खेलको हामी घोर भत्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। 

जेनजेड रेड फोर्सले सरकारमा बसेका व्यक्तिहरुलाई दोहोरो चरित्र नदेखाउन चेतावनी दिँदै चार बुँदे मागसमेत अघि सारेको छ। 

जेनजेड रेड फोर्सले सरकारलाई चुनावी प्रतिवद्धता नबिर्सन, गरिब जनतालाई लखेट्ने दोहोरो चरित्र बन्द गर्न, महंगी नियन्त्रण गर्न माग गरेको छ। 

यस्ता छन् जेनजेड रेड फोर्स नेपाल’को माग 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad