यात्रुसँग बढी भाडा लिएपछि तनहुँमा विभिन्न ठाउँमा प्रहरीले गाडी चालकमाथि कारबाही गरेको छ।
ईभी हाईसमा दमौलीबाट डुम्रे सम्मको भाडा १ सय रुपैयाँ मात्रै हो। तर, यात्रुसँग १५० रुपैयाँ लिएपछि कारबाही गरिएको ट्रफिक प्रहरी कार्यालय डुम्रेका प्रमुख प्रहरी सहायक निरीक्षक उमेश बस्नेतले जानकारी दिए।
तनहुँको भिमादबाट नारायणगढका लागि ग १ ज ८४२८ नम्बरको ईभि हाईसका चालक बिमल गैह्रेले यात्रुहरुसँग निर्धारित भाडा भन्दा ५० प्रतिशत बढी भाडा असुलेकाले थिए।
उनलाई पनि कारबाही गरिएको डुम्रे प्रहरी चैकीका प्रमुख प्रहरी नायव निरीक्षक विजयनाथ यादवले जानकारी दिए।
पछिल्लो समयमा डिजेल र पेट्रोलबाट चल्ने सवारीको भाडा बढे पनि विद्युतबाट चल्ने सवारीको भाडामा वृद्धि नभएकोले ईभिले बढी भाडा लिएमा कारबाही गरिने यातायात ब्यवस्था कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया