सरकारले काठमाडौँका सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेको छ।
काठमाडौँका खोला किनारमा रहेका सुकुम्बासी बस्ती आउँदो शनिबार र आइतबारभित्र खाली गराउने तयारीमा सरकार रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ।
गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालय बोलाएर यस्तो निर्देशन दिएका हुन्।
शुक्रबार सुकुम्बासी बस्तीमा माइकिङ गर्ने र शनिबार डोजर चलाउने योजना रहेको गृह स्रोत बताउँछ।
भिडिओ
सरकारले सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेको सूचना पाएपछि सुकुम्बासी बस्तीका नागरिकहरू सशंकित भएका छन्।
काठमाडौँको थापाथली आसपास बागमती किनारका बस्तीमा पुग्दा त्यहाँ बसोबास गरिरहेका व्यक्तिहरूमा त्रास छाएको देखिन्थ्यो।
यसैबीच सुकुम्बासी सम्बद्ध विभिन्न संघ संगठनहरूले सरकारको निर्णयको विरोध गर्दै जबर्जस्ती गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन्।












Shares

प्रतिक्रिया