समाज


जेनजी आन्दोलनका बेला सुन्धारा कारागारबाट भागेका ३ जना पक्राउ

जेनजी आन्दोलनका बेला सुन्धारा कारागारबाट भागेका ३ जना पक्राउ

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार ५:१५, काठमाडौँ

प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका तीन जना फरार कैदीबन्दीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

लागुऔषध मुद्दाका कैदी दाङ गढवा गाउँपालिका–१ बस्ने ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका रामेछाप लिखु गाउँपालिका–५ धोबीका ३३ वर्षीय प्रेम तामाङ तथा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका–९ का २९ वर्षीय नवराज थापालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भे, 'निज कैदीबन्दी कारागारबाट फरार भई काठमाडौँको विभिन्न वडा एरियामा लुकीछिपी बस्ने गरेको भन्ने विशेष सूचनाका आधारमा हाम्रो टोलीले पक्राउ गरेको हो।'

फरार कैदीबन्दी कुमाललाई अदालतले लागुऔषध मुद्दामा एक वर्ष तीन महिना कैद, तामाङ कर्तव्य ज्यान तथा डाका चोरीसम्बन्धी मुद्दामा २५ वर्ष कैद हुने ठहरी कैद भुक्तानका क्रममा रहेको र थापा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई बिहीबारै केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको प्रवक्ता कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad