समाज


तनहुँमा बस दुर्घटना: मृतक २ जनाको सनाखत, ३३ घाइते (नामावली)

तनहुँमा बस दुर्घटना: मृतक २ जनाको सनाखत, ३३ घाइते (नामावली)

नेपालखबर
बैशाख १२, २०८३ शनिबार ८:४३, काठमाडौँ

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा शुक्रबार भएको बस दुर्घटनामा घाइते भएका ३५ जनामध्ये दुईजनाको मृत्यु भएको छ। 

मृतक दुवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। घाइते ३३ जनामध्ये ६ जनाको अवस्था गम्भीर छ। 

पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग.२ ख १८३६ नम्बरको बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो। 

दुर्घटनामा पाल्पाको मिस्ती गाउँपालिका-७ सिन्दुरे बस्ने २४ वर्षीया धामिसरा राना र तनहुँको म्यादे गाउँपालिका-१ की ६५ वर्षीया जसमाया सुनारको मृत्यु भएको छ। 

रानाको शव पोस्ट मार्टमका लागि जीपी कोइराला राष्ट्रिय श्चास प्रश्वास उपचार केन्द्र बेलचौतारामा राखिएको छ। 

सुनारको शव भने प्रदेश अस्पताल दमौली तनहुँको शव गृहमा राखिएको छ। 

घाइतेमध्ये १७ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ। त्यसैगरी अन्य १२ जनाको अन्नपूर्ण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अन्नपूर्णमा उपचार गराइरहेकामध्ये ४ जना उपचारपछि डिस्चार्ज भएका छन्। उपचार गराइरहेका २९ जना घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। अन्य १६ जना मध्यम घाइते छन्। ७ जनाको अवस्था सामान्य छ। 

तनहुँ शुक्लागण्डकी नगरपालिका ७ सेराटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा पोखराबाट भैरहवातर्फ जादै गरेको बस शुक्रबार दिउँसो ३ बजेर ५५ मिनेट जाँदा चालकले नियन्त्रण गुमाउँदा भएको थियो।  दुर्घटना भएको सूचना हुनासाथ प्रहरी टोली र स्थानीयले घाइतेको उद्धार गरेका थिए। 

घाइते र मृतकको विवरण 
१)    बस चालक जिल्ला तनँहु म्याग्दे गा.पा.-२ जामुने बस्ने बर्ष अं. ३५ को तेज कुमार शाही (चालक) हातमा चोट।  
२)    जि कास्की पो.म.न.पा.१४ बस्ने बर्ष अं.६४ को भरत कुमार श्रेष्ठ, बाँया हातमा चोट। 
३)    जि.गोरखा बारपाक सुलिकोट गा.पा.७ बस्ने बर्ष ४२ को खडक बहादुर भट्ट,दाहिने आँखामा चोट। 
 ४)    जि.रुपन्देही घर भएको बर्ष अं. १५ की कुशुम गुरुङ, टाउकोमा चोट। 
५)    जिल्ला  पाल्पा निस्दी गा.पा.०४ बस्ने बर्ष  अं.२२ की दिल माया बयम्बु, अनुहारमा चोट। 
६)    जि. तनहुँ शु.ग.न.पा.०७ टुडा बस्ने बर्ष अं.२५ कि सुस्मिता थापा राना, टाउको र दाहिने कुममा चोट। 
७)    जि.पुर्वी नवलपरासी -१३ बस्ने बर्ष अ. ३७ कि सबिता थापा,टाउकोमा चोट। 
८)    जि.चितवन भरतपुर घर भएको बर्ष अं. ६० की पार्वती अधिकारी, टाउको र दाहिने हातमा चोट। 
९)    ऐ.ऐ. बस्ने बर्ष अं. १२ को अमिस कार्की,टाउकोमा चोट। 
१०)    जि.नवलपरासी घर भएको बर्ष अं. ५६ की दुर्गा देवी थापा। 
११)    ऐ.ऐ. बस्ने निजको नातीनी बर्ष  अं. ९ को अनिसा कार्की टाउकोमा। 
१२)    जि.तनहुँ म्याग्दे गा.पा. २ जामुने घर भएको बर्ष अं. ६१ की मिरा कुमारी श्रेष्ठ,ढाडमा चोट। 
१३)    जि.बाग्लुङ काठेखोला गा.पा.०८ घर भएकी बर्ष  अं.६४ की द्रोपती रोका पुन,टाउकोमा चोट।  
१४)    जि.कास्की पोखरा म.न.पा. ३३ पुडिटार बस्ने बर्ष अं. २४ को सुदिप कुँवर,बाँया आखामा चोट। 
१५)    जि.तनहुँ व्यास न.पा. वडा नं.नखुलेको बर्ष अं. ३६ की अस्मिता सुनार,दाहिने खुट्टामा चोट। 
१६)    ऐ.ऐ. बस्ने निजको छोरी बर्ष अं.१३ की प्रेरणा सुनार दाहिने हातमा चोट। 
१७)    जि.तनहुँ व्यास न. पा. ५ बस्ने बर्ष अं.३० को सुक बहादुर भुजेल,छातीमा चोट,अवस्था  सामन्य, ऐ. १७;३० बजे डिस्चार्ज।  
१८)    ऐ. ऐ. बस्ने  बर्ष अं. ५८ को तारा बहादुर नेपाली,दाहिने हातमा चोट। 
१९)    जि.तनहुँ म्याग्दे गा.पा. वडा १ बस्ने बर्ष ६५ की जस माया सुनार (मृत्यु) १६:३५ बजे।
२०)    जि.नवलपरासी गैडाकोट न.पा. १३ बस्ने बर्ष अ. ५१ को तुलाराम पौडेल,टाउको र हातमा चोट। 
२१)    जिल्ला दैलेख एकिन वतन नखुलेको बर्ष ३७ को हर्क ब. शाही  खुट्टामा चोट अवस्था सामान्य ऐ. १७:३० बजे डिस्चार्ज। 
२२) जिल्ला रुपन्देही घर भएको बर्ष अं. ६४ को प्रेम कुमारी गुरुङ टाउकोमा चोट।  
२३)  ऐ.ऐ बस्ने बर्ष अं. ५५ की गंगा देवी थापा हात र अनुहारमा चोट। 
२४) जिल्ला तनहुँ म्याग्दे गा.पा. १ जामुने घर भएको बर्ष ४६ की शान्ती सुनार टाउकोमा चोट। 
२५) ऐ.ऐ. बस्ने बर्ष ४८ को राम ब. सुनार हातमा चोट। 
२६) जिल्ला रुपन्देही घर भएकी बर्ष ४५ की रिमा थापा निधारमा चोट। 
२७) ब्यास न.पा. ३ बस्ने बर्ष ३६ को देव गजमेर खुट्टा र शरिरमा चोट ऐ. १७:३० बजे  डिस्चार्ज।  
२८) जिल्ला चितवन भरतपुर म.न.पा. ८ बस्ने बर्ष १७ को सुमन शाही   शरिरको दाहिने भागमा चोट।  
२९) जिल्ला तनहुँ म्याग्दे गा.पा. १ गुणादी बस्ने बर्ष ६२ को किसान सुनार टाउकोमा चोट।  
३०) वतन नखुलेको बर्ष अं. ३३ की  भट्टी माया गुरुङ  शरिरको पछाडी भागमा चोट।  
३१)  वतन नखुलेको बर्ष अं.३०/३५ को रामरुप मंडल  शरिरको बिभिन्न भागमा चोट।  
३२ ) जिल्ला रुपन्देही घर भएकी  बर्ष अं. ५० की बिष्णु गुरुङ दाहिने हातमा चोट।  
३३) वतन नखुलको बर्ष अं. २६ को भुमि कुमार श्रेष्ठ  शरिरको बिभिन्न भागमा चोट।  
३४)  नामथर वतन नखुलेकी अं. ३० की महिला १६:३० उपचारको क्रममा मृत्यु घोषणा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad